सिक्किमको टिस्टा नदीमा बाढी आउँदा २३ भारतीय सैनिक बेपत्ता
काठमाडाैं | असोज १७, २०८०
तस्बिर: सिक्किम एक्सप्रेस
सिक्किम: पूर्वोत्तर भारतकाे टिस्टा नदीमा अचानक ठूलो बाढी २३ जना भारतीय सैनिक बेपत्ता भएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक नदीको सतह ह्वात्तै बढेको हो ।
चुंगथाङ ड्यामबाट ठूलो मात्रामा पानी निकास भएपछि नदीमा बाढी आएको हो। ड्याम रहेको क्षेत्रमा क्लाउड ब्रस्ट भएको बताइएको छ।
ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढेको छ। बाढीले सडक बगाएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुर्याएको छ।
टिस्टामा पानीको सतह बढेका भारतका तल्लो तटीय राज्यहरू र बंगलादेशमा पनि बाढी अलर्ट जारी गरिएको छ।
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ । उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...
पोखरा: सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

